प्रतिनिधिसभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित « Khabarhub

प्रतिनिधिसभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राखेको विधेयक पारितको प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले मुलुकको विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाइ सार्वजनिक जवाफदेहीता सुनिश्चित गर्न विधेयक ल्याइएको बताइन् । उनले अनुगमन गर्ने ठाँउको स्रोत साधनका साथै सुविधा परिचालन नगर्ने बिषय पनि विधेयकमा उल्लेख रहेको जानकारी दिइन् ।

मुलुकका तीनै तहको विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कनका आधार, मापदण्ड, अनुगमन गर्ने निकाय लगाएतको व्यवस्थालाई विधेयकमा समावेश गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको