सेतीमा माछा मार्न गएका एक पुरुषको शव फेला « Khabarhub

सेतीमा माछा मार्न गएका एक पुरुषको शव फेला


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखराको सेती नदीमा पाँच दिनअघि माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । कास्की प्रहरीले शुक्रबार बिहान साढे ९ बजे पोखरा–१५ को पट्नेरीमा पर्ने सेती नदीमा ढुङ्गामा अड्किएको अवस्थामा रक्से भनी चिनिने मानबहादुर तामाङको शव फेला परेको हो ।

पोखरा वडा नम्बर १७ र १५ को बिचमा पर्ने सेती नदीमा फागुन १३ गते राति माछा मार्न गएका पाँच जनामध्ये दुई जना बेपत्ता भएका थिए । राति १० बजे बेपत्तामध्ये ४० पोखरा–१ बस्ने वर्षीय मंगा तामाङको शव त्यसको भोलिपल्ट १४ गते भेटिएको थियो ।

सँगै बेपत्ता ४५ वर्षीय मानबहादुरको शव भने शुक्रबार प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए । मानबहादुरको खोजीका लागि बिहीबार पोखरा–१६, दीपमा रहेको सेतीको ड्याम खुला गरी खोजतलास समेत गरिएको थियो ।

यसबिच, २१ दिनदेखि सम्पर्कविहीन पोखरा महानगर वडा नम्बर ३० का तेजराज ओझा मृत भेटिएका छन् । सेती नदी किनार गगनगौंडामा सडेको अवस्थामा शव उनको शव फेला परेको हो ।  बिहीबार शव फेला परेपछि सोही दिन दाह संस्कार समेत भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : २६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार