मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा « Khabarhub

मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

खाँदबारी- सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

आज सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकीले फाइनलमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । गण्डकीले पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो ।

सो खेलमा गण्डकी १७–२५, २५–२१, २६–२४ र १५–११ अङ्कले विजयी भयो । यस्तै अर्को सेमिफाइनल खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० सेटले पराजित गरेको हो । एपिएफ क्लबले सो खेल २५–१६, २५–२२ र २५–१९ अङ्कले जितेको हो । फाइनल खेल शनिबार हुने छ । शनिबार नै तेस्रो स्थानका लागि आर्मी क्लब र पुलिस क्लबबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुने टोलीले रु ५० हजार तथा चौथोले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विभागीय टोलीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी प्रदेश सहभागी थिए ।

कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिवल सङ्घको संयोजनमा यही फाुगन १५ गतेदेखि मुख्यमन्त्री कप भलिबल सञ्चालन भएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : ४८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा