मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा | Khabarhub Khabarhub

मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

खाँदबारी- सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

आज सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकीले फाइनलमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । गण्डकीले पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो ।

सो खेलमा गण्डकी १७–२५, २५–२१, २६–२४ र १५–११ अङ्कले विजयी भयो । यस्तै अर्को सेमिफाइनल खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० सेटले पराजित गरेको हो । एपिएफ क्लबले सो खेल २५–१६, २५–२२ र २५–१९ अङ्कले जितेको हो । फाइनल खेल शनिबार हुने छ । शनिबार नै तेस्रो स्थानका लागि आर्मी क्लब र पुलिस क्लबबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुने टोलीले रु ५० हजार तथा चौथोले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विभागीय टोलीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी प्रदेश सहभागी थिए ।

कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिवल सङ्घको संयोजनमा यही फाुगन १५ गतेदेखि मुख्यमन्त्री कप भलिबल सञ्चालन भएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : ४८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार