पाकिस्तानमा ईशनिन्दाको आरोप लागेका एक जना वृद्धको रक्षा गर्न माग « Khabarhub

पाकिस्तानमा ईशनिन्दाको आरोप लागेका एक जना वृद्धको रक्षा गर्न माग


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा मानव अधिकारका क्षेत्रमा सक्रिय संस्थाले ईशनिन्दाको आरोप लागेका एक जना वृद्धको रक्षा गर्न माग गरेको छ । ह्युमन राइट्स फोकस पाकिस्तान (एचआरएफपी) ले पाकिस्तानको फैसलावादस्थित खुरियनवाला जिल्लामा ईशनिन्दाको आरोप लागेका ६८ वर्षीय युनस मसिहको रक्षा गर्न माग गरेको हो ।

उनीमाथि गत फेब्रुअरी १० मा एक जना मुसलमान छिमेकी परिवारले ईशनिन्दाको आरोप लगाएको थियो । मसिहले इस्लाम धर्मको पवित्र ग्रन्थ कुरआनको निन्दा गरेको भन्दै छिमेकी फतिमा बिबीले आरोप लगाएकी थिइन् ।

पछि मसिहलाई हिरासतमा लिइएको थियो । तर, ईशनिन्दाको यथेष्ट प्रमाण नजुटेपछि उनलाई १३ फेब्रुअरीमा रिहा गरिएको थियो । दुई परिवारबीच रहेको आपसी मनमुटावका कारण ईशनिन्दाको आरोप लगाइएको पीडितको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १० : ११ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास