कांग्रेसको नेतृत्वमा भ्रष्टाचारविरुद्ध अभियान थाल्नुपर्छ : अर्जुननरसिंह केसी « Khabarhub

कांग्रेसको नेतृत्वमा भ्रष्टाचारविरुद्ध अभियान थाल्नुपर्छ : अर्जुननरसिंह केसी


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसको नेतृत्वमा देशैभरि भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले भने, ‘जनताको चाहना राज्यका हरेक क्षेत्रमा हुने आर्थिक अनियमितता अन्त्य हुनुपर्ने रहेकाले कांग्रेसले जनताको भावनालाई बुझेर नेतृत्व गर्दै देशैभरि भ्रष्टाचारविरुद्ध अभियान चलाउन आवश्यक छ ।’

नेपाली जनतामा रहेको भ्रमलाई चिर्न पनि कांग्रेसले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक देखिएको उनको भनाइ थियो । देशमा भएका ठूल्ठूला भ्रष्टाचारका घटनाको पर्दाफास गर्न आवश्यक भएको उल्लेख गर्दै नेता केसीले राजनीतिक दलप्रति जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए।

‘पछिल्लो समय अदालतबाट न्याय सम्पादन सही रुपमा नभएको भन्ने गुनासो आएका छन्, यसप्रति सरकार सचेत हुन जरुरी छ,’ नेता केसीले भने, ‘दोषीलाई उम्कने अवस्था अदालतबाट सृजना गर्न हुँदैन ।’

देशमा आर्थिक मन्दीको चुनौतीसँगै बेरोजगारी खडा भएकाले त्यसलाई सम्बोधन गर्न सरकारले नयाँ कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । जनताको निराशा केही हदसम्म भए पनि समाधान गर्नुपर्ने नेता केसीको भनाइ थियो । कांग्रेस वर्तमान सत्ता गठबन्धन तोड्ने पक्षमा नरहेको उनले बताए । ‘जनतामाझ गठबन्धन सरकारले पाँच वर्ष शासन चलाउने वाचा गरेकाले त्यस्तो गठबन्धन तोड्ने पक्षमा कांग्रेस छैन,’ उनले भने, ‘त्यसप्रति कांग्रेस गम्भीर छ ।’

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसले आफ्नो उम्मेदवारका रुपमा कृष्णप्रसाद सिटौलालाई अगाडि बढाएको नेता केसीले उल्लेख गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : ४६ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर