नेपाली चलचित्रलाई सरकारले प्रोत्साहन गर्छ : गृहमन्त्री श्रेष्ठ « Khabarhub

नेपाली चलचित्रलाई सरकारले प्रोत्साहन गर्छ : गृहमन्त्री श्रेष्ठ


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चलचित्र कला, संस्कृतिसँगै इतिहासको दस्ताबेज भएकाले सरकारले सदैव प्रोत्साहित गर्ने बताएका छन् । आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा नेपाली चलचित्र ‘गोर्खा वारियर’ हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दैै उनले यस्ता चलचित्र निर्माणको सङ्ख्या बढाउन आग्रह गरे।

उनले भने, ‘चलचित्र समाजको ऐना हो, यो कला र संस्कृतिको दस्तावेज पनि हो, गोर्खा वारियरमा गोर्खालीको वीरतासँगै उक्त समय कला र संस्कृतिलाई पनि समेटिएको छ, यसले अहिलेको पुस्तासम्म उक्त समयलाई ल्याएको छ, नेपाली र नेपाल चिनाउने चलचित्र निर्माण गर्नुभएकामा म सम्पूर्ण टोलीलाई बधाई दिन चाहन्छु ।’ उनले कला र चलचित्र क्षेत्रको हितका लागि आफू तथा सरकार सदैव तयार रहेको बताए ।

चलचित्रका लेखक र निर्देशक मिलन चाम्सले गोर्खालीको चलचित्रलाई गृहमन्त्री श्रेष्ठले हेर्नुभएपछि आफूसहित निर्माण समुहलाई हौसला मिलेको बताए ।

“चलचित्र दोस्रो सातामा प्रदर्शन भइरहँदा नेपाल सरकारका उच्च अधिकारीको उपस्थितिले हामीमा नयाँ ऊर्जा थपिएको छ, पुर्खाले वीर गोर्खालीका रुपमा पाउनुभएको सम्मानलाई पर्दामार्फत विश्वसामु पु¥याउन कुनै सम्झौता गरेका छैनौँ”, निर्देशक चाम्सले भने ।

विशेष प्रदर्शनीमा उपस्थित अभिनेता रितेश चाम्स, निर्माता सुमन राई, वितरक करण श्रेष्ठलगायतले पनि चलचित्रको विषयमा चर्चा गरेका थिए। वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ ।

यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता चाम्स आफैँ पूर्वगोर्खा सैनिक छन् । उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका थिए। चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १० : ०६ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार