आज २०८० साल चैत १९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल चैत १९ गते सोमबारको राशिफल


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १९ गते सोमबार। तदनुसार सन् २०२४ अप्रिल १ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : आफन्तबाट सहयोग हुनेछ। रमाइलो यात्राको योग रहेको छ। शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक रोजगार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुमधुर बन्नेछ।

वृष : खराब व्यक्तिको संगत छोड्नु राम्रो हुन्छ। निर्णय गर्नु अगाडि धेरै सोच्नुपर्ने दिन छ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उत्साह देखिन्छ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

मिथुन : बुद्धिमतापूर्ण निर्णय भएमा सोचेको काम बन्नेछ। संगीत क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। पारिवारिक सम्बन्धमा सुमधुर बन्नेछ।

कर्कट : आफ्नो कामको निर्णय आफैंले गर्नुपर्ने दिन छ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्य राम्रो छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवनले खुशी दिनेछ।

सिंह : साथीले सहयोग गर्नेछन्। यात्राको योग रहेको छ। शिक्षामा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : खानामा विशेष ख्याल गर्नुपर्ने दिन छ। दबाब र प्रभावका कारण मन शान्त नहुनसक्छ। सबै क्षेत्र अनुकुल छन्। मनमा उत्साहा र उमंग बढ्नेछ। सहकार्यमा गरेको व्यापारले फाइदा हुनेछ।

तुला : शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीको क्षेत्रमा उत्साह मिल्नेछ। परिवारको साथ रहनेछ। मिठो खान पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : रोकिएका काम बन्नेछन्। मन खुशी हुनेछ। साथी र आफन्तसँगको भेट रमाइलो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। गुमेको धन हातलाग्ने योग छ। पारिवारिक सम्बन्ध राम्रो बन्नेछ। आफ्नो दक्षता र सीप अनुसारको काम गर्दा फाइदा हुनेछ।

मकर : खर्च बढ्ने योग छ। सञ्चित धनमा क्षति पुग्ने देखिन्छ। आफ्नै बोलीले आफन्त टाढा हुनसक्छन्। मन खुशी हुने काम दिउँसो बन्नेछ।

कुम्भ : सिर्जनात्मक काम गर्ने रुचि बढ्नेछ। :आर्थिक र शैक्षिक क्षेत्रमा समस्या देखिए पनि पारिवारिक क्षेत्र राम्रो देखिन्छ। सोचेको काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : मित्रसँग भेट हुनेछ। आजको भेटमा सुख र दु :खका कुरा हुनेछन्। यात्रा सफल हुनेछ। अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : २१ बजे

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व : निर्वाचितहरूको शपथ बिहीबार

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा सम्पन्न भएको छ

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

काठमाडौं– सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई

चीन पुगेर इरानी विदेशमन्त्रीको अडान : दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

बेइजिङ- इरानले न्यायोचित हुने अवस्थामा मात्रै अमेरिकासँग कुनै पनि सम्झौता

सडकमा उत्रिए बिर्तामोडका सुकुम्वासी, डोजर आतंक बन्द गर्न माग

झापा- बिर्तामोडका सुकुम्वासीहरूले डोजर आतंक बन्द गर्न माग गर्दै बुधबारदेखि

दीपक भट्ट र सुलभ अग्रवालको हिरासत बसाइ लम्बियो, अदालतले दियो थप १२ दिन म्याद

काठमाडौं– विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित