आईपिएल : दिल्लीले चेन्नईलाई २० रनले हरायो « Khabarhub

आईपिएल : दिल्लीले चेन्नईलाई २० रनले हरायो


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्समाथि दिल्ली क्यापिटलले शानदार जित निकालेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। १९२ रनको लक्ष्य पछ्याएको चेन्नई ६ विकेटको क्षतिमा १७१ रनमा समेटिएको हो।

पहिला ब्याटिङ गरेको दिल्लीका लागि डेविड वार्नर र कप्तान ऋषभ पन्तले अर्धशतक बनाए। ओपनर डेविड वार्नरले सर्वाधिक ५२ रन बनाए। ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए। पृथ्वी साह ४३ र मिचेल मार्स १८ रनमा आउट हुँदा अक्षर पटेल ७ रनमा अविजित रहे।

चेन्नईका मथिशा पथिरानाले सर्वाधिक ३ विकेट लिए। मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट हात पारे।

दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नईको सुरुवात खराब भयो। चेन्नईका ओपनर १ र २ रनमै आउट भए। कप्तान रितुराज गायकवाड दुई बल खेलेर १ रनमा आउट भए भने रचिन रविन्द्र १२ बल खेल्दा २ रन बनाएर आउट भए।

चेन्नईका लागि अजिंक्य रहाणे सर्वाधिक ४५ रन जोडे। डेरिल मिचेल ३४ र शिवम दुबे १८ रनमा आउट भए भने समीर रिजवी शून्यमा समेटिए।

चेन्नईका लागि महेन्द्र सिंह ध्वनी र रविन्द्र जडेजाले सम्हालिएर प्रदर्शन गरे पनि जितका लागि त्यो पर्याप्त भएन। ध्वनीले नटआउट ३७ रन जोड्दा जडेजाले नटआउट २१ रन बनाए।

दिल्लीका लागि मुकेश कुमार ३, खलील अहमद २ विकेट लिँदा अक्षर पट्टेलले १ विकेट हात पारे। तीन खेल खेल्दा चेन्नईले पहिलो हार भोगेको छ भने समान खेलमा दिल्लीले पहिलो जित निकाल्दै अंक जोडेको छ।

आईपिएल अन्गर्तत सोमबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५मा सुरु हुनेछ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : १४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल