नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै « Khabarhub

नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो र दोस्रो खेलमा पराजित नेपाल ‘ए’ले सोमबार टी-२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग तेस्रो खेल खेल्दैछ। एक खेल अगाडि नै आयरल्याण्ड ‘ए’ले सिरिज भने जितिसकेको छ। तेस्रो खेल सोमबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।

घरेलु मैदानमा पहिलो खेलमा शुक्रबार लोकेश बमले शतक प्रहार गर्दासमेत २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार कीर्तिपुर मैदानमै ४० रनले पराजित भएको थियो।

पहिलो खेलमा आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भएको थियो।

दोस्रो खेलमा दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो।

एक खेल अगावै टी–२० सिरिज जितेको आयरल्याण्डसँग नेपालले एक दिवसीय सिरिजसमेत खेल्दैछ। नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : ३० बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा