नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै | Khabarhub Khabarhub

नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो र दोस्रो खेलमा पराजित नेपाल ‘ए’ले सोमबार टी-२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग तेस्रो खेल खेल्दैछ। एक खेल अगाडि नै आयरल्याण्ड ‘ए’ले सिरिज भने जितिसकेको छ। तेस्रो खेल सोमबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।

घरेलु मैदानमा पहिलो खेलमा शुक्रबार लोकेश बमले शतक प्रहार गर्दासमेत २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार कीर्तिपुर मैदानमै ४० रनले पराजित भएको थियो।

पहिलो खेलमा आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भएको थियो।

दोस्रो खेलमा दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो।

एक खेल अगावै टी–२० सिरिज जितेको आयरल्याण्डसँग नेपालले एक दिवसीय सिरिजसमेत खेल्दैछ। नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : ३० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार