आज फलफूल तथा तरकारी कतिमा कारोबार भइरहेको छ ? « Khabarhub

आज फलफूल तथा तरकारी कतिमा कारोबार भइरहेको छ ?


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार हरियो अंगुर प्रतिकेजी १४० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १३०, अनार २८०, भारतीय सुन्तला १२०, नेपाली मेवा ७० चुकन्दर ५० र स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्तै, लोकल सानो गोलभेडा ५० र भारतीय ठूले गोलभेडा ७०, अदुवा २००, रातो आलु ४५ र रातो भारतीय आलु ३८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली १५, लौका ६०, कागती २४०, लोकल काँक्रो ३०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

समितिले लोकल बन्दा १५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसैगरी लोकल घिउ सिमी २५ रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ र टाटे सिमी ३० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तोरीको साग ४० र रायोको साग ५० रुपैयाँ निर्धारण गरिएको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६८, हरियो प्याज ४० र पुदिना १४० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ । यस्तै, लाम्चो भान्टा १५, भिण्डी ९० र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

यता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ५४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको