आज फलफूल तथा तरकारी कतिमा कारोबार भइरहेको छ ? « Khabarhub

आज फलफूल तथा तरकारी कतिमा कारोबार भइरहेको छ ?


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार हरियो अंगुर प्रतिकेजी १४० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १३०, अनार २८०, भारतीय सुन्तला १२०, नेपाली मेवा ७० चुकन्दर ५० र स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्तै, लोकल सानो गोलभेडा ५० र भारतीय ठूले गोलभेडा ७०, अदुवा २००, रातो आलु ४५ र रातो भारतीय आलु ३८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली १५, लौका ६०, कागती २४०, लोकल काँक्रो ३०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

समितिले लोकल बन्दा १५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसैगरी लोकल घिउ सिमी २५ रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ र टाटे सिमी ३० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तोरीको साग ४० र रायोको साग ५० रुपैयाँ निर्धारण गरिएको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६८, हरियो प्याज ४० र पुदिना १४० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ । यस्तै, लाम्चो भान्टा १५, भिण्डी ९० र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

यता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ५४ बजे

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला