४ बजेलाई सर्‍यो बागमती प्रदेश सभा बैठक « Khabarhub

४ बजेलाई सर्‍यो बागमती प्रदेश सभा बैठक


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

हेटौडा– बागमती प्रदेश सभाको बैठक तोकिएको समयमा बस्न सकेको छैन । यस अघि आज १ बजे बस्ने भनिएको बैठक सत्ता समीकरण दलमा सहमति नजुटेका कारण ४ बजेसम्मका लागि सारिएको छ ।

आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकमा २ सांसद बैठकमा उपस्थित नहुने भएपछि बैठक सारिएको बताइएको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीकी सांसद खड्गी र एकीकृत समाजवादीकी सांसद रमा आले उपस्थित नहुने भएपछि बैठक सारिएको बुझिएको छ ।

दुई सांसद उपस्थित नभएमा मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको छ । अब ४ बजेका लागि तोकिएको बैठकमा दुई सांसदको उपस्थिति हुने नहुने स्पष्ट रहेको छैन । 

११० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । कांग्रेस, राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ३ : ३८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर