४ बजेलाई सर्‍यो बागमती प्रदेश सभा बैठक | Khabarhub Khabarhub

४ बजेलाई सर्‍यो बागमती प्रदेश सभा बैठक


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

हेटौडा बागमती प्रदेश सभाको बैठक तोकिएको समयमा बस्न सकेको छैन । यस अघि आज १ बजे बस्ने भनिएको बैठक सत्ता समीकरण दलमा सहमति नजुटेका कारण ४ बजेसम्मका लागि सारिएको छ ।

आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकमा २ सांसद बैठकमा उपस्थित नहुने भएपछि बैठक सारिएको बताइएको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीकी सांसद खड्गी र एकीकृत समाजवादीकी सांसद रमा आले उपस्थित नहुने भएपछि बैठक सारिएको बुझिएको छ ।

दुई सांसद उपस्थित नभएमा मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको छ । अब ४ बजेका लागि तोकिएको बैठकमा दुई सांसदको उपस्थिति हुने नहुने स्पष्ट रहेको छैन । 

११० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । कांग्रेस, राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ३ : ३८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग