गृहमन्त्री मेरो कुरा पनि सुनिदिनुस् न   | Khabarhub Khabarhub

गृहमन्त्री मेरो कुरा पनि सुनिदिनुस् न  


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङकी एक पीडितले गृहमन्त्री रवि लामिछानेलाई आफ्नो पीडा सुनिदिन आग्रह गरेकी छन् । रश्मिला धामीले नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरले आफूमाथि अन्याय गरेको भन्दै न्यायको लागि गृहमन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत आफ्नो पीडा सुनिदिन आग्रह गरेकी हुन् । 

केही समय अगाडि महर र पीडितको एक वार्तालाप सामाजिक सञ्जालमा बाहिरिएको थियो ।आफूसँग सम्बन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ ।

त्यसयता धामीले महर र रक्षा बम भन्नेले आफूलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको बताएकी छन् । एकदिन अगाडि उनले आफ्नो फेसबुकमार्फत आफूलाई अदालतले व्यवस्था गरेको भन्दै गृहमन्त्रीलाई पुकारेकी छन् ।

उनले रुँदै भनेकी छन् – एमाले पार्टी कि मेरो मृत्युको जिम्मा लिनुस् कि तपाइको नेता तपाइको जनता तपाइको कार्यकर्ताहरू सम्हाल्नुस् । मेरो जिन्दगी बर्बाद पारेको छ यो ऐन महर र रक्षा बम भन्नेले । उल्टो ममाथि मुद्दा हालेर मलाई दोषी बनाएर मेरो मुद्दालाई राज्यले हेरेकै छैन । अनुसन्धान नभइकन त्यसलाई किन छुटाएको हो ? यत्रा प्रमाण हुँदाहुँदै किन छुटाएको हो ?


म केही नभएको मान्छे, म घरमा बस्ने मान्छे मेरो चरित्र हत्या गरेको छ । मेरो बदनाम गरेको छ । तपाइको नेताहरूलाई सिकाउनुस्, तपाइको पावर हो, तपाइका घरका मान्छेहरूलाई मनाउनुहोस् अनि बल्ल अरुलाई दिनुहुन्छ । अनि न्युज हटाउन लगाउनु रे । अनि हाम्रो लागि कसले बोल्दिन्छ, हाम्रो लागि कसले न्याय दिन्छ ? तपाई नै कानुन बनाउने तपाइ नै जेल हाल्ने सबै तपाईंको हातमा । 


अरु जनताले के हेर्छन् ? अरु जनताको लागि बनेको होइन कानुन ? कानुनको बाटो रोजेको छु , तर कानुनमा पनि मलाई अगाडि बढ्न दिएको छैन । यत्तिका प्रमाण हुँदाहुँदै पनि । ए ऐन महर कहाँ गइस् त भन् । आफै मुद्दा हाल्न लगाउने दुवैतिर ठिक्क हुने ? मलाई नै अन्याय गर्ने । मलाई नै दोष दिने । कहिले के भनेर , कहिले के भनेर धम्क्याउने । तिम्रो पावर छैन, तिमी अदालतमा जित्दैनौ भन्ने मलाई । तिमीहरूले जितेर खाव । पैसा हुनेको मात्रै चल्ने, राजनीतिक शक्ति हुनेको मात्रै चल्ने । साँठगाँठ हुनुपर्ने रहेछ । हामी जनताहरूले भोट मात्रै दिनुपर्ने रहेछ यिनीहरूलाई । ऐन र रक्षाले दुख दिएका छन् । के पाउने हो मबाट ?

आफै मोबाइल अपहरण गरेका छौ । जथाभावी लेख्ने आफै । अनि मलाई फसाउन खोज्ने ? ए गृहमन्त्री मेरो कुरा पनि सुनिदिनुस् न । ए प्रधानमन्त्री । कानुनमा गएको पुलिसले फर्काउँछ । वकिलले अदालतबाट फर्काउँछ । म कहाँ जाउँ ? यो भन्दा कहाँ जाने ? प्रहरीले माथिको आदेश भनेर फर्काइदियो । हाम्रो केस दर्ता गर्दैन, हेर्दैन । कानुनको बाटो कहाँ हो ?

आफूलाई चाहेको बेला फोन गर्छ, सम्झिन्छ । बालकोट गएर केपी ओली बा को खुट्टा ढोगेको हो । एउटा केटी मान्छेको भविष्य बिगारेर के राजनीति गर्छौ ? कसका लागि गर्छौ ?

चक्रपथ, टेकु चौकीबाट फर्काएका छन्, म कहाँ जाउ ? प्रधानमन्त्री, राष्ट्रपतिलाई भेट्ने मेरो औकात छैन । रक्षामन्त्री र आइजीपी पनि चिन्दिन । योनिहरूको कारणले डिप्रेसनमा गएको छु । पहिले कानुनी प्रक्रियामा जान्छु भन्दा मेरो बुबाआमालाई झुक्याएको–झुक्याइ । आफू उम्किनलाई मलाई बन्धकमा राखे । 

आफू अगाडि मुद्दा हालेर निर्दोष हुनलाई । मेरो केसलाई प्रमाण पुगेन भन्छ । मलाई के प्रमाण लिएर केस हालेको ?नेपालको कानुन र प्रशासनले हामीलाई हेर्दैन । हाम्रो फाइल खोल्दैन । मुद्दा हाल्छु भन्दा फकाएर, डराएर, दबाब दिएर रोक्यो । जनता यस्ता मान्छेलाई नेता मानेर पत्याउँछन् । 

रक्षालाई मुद्दा हाल्न लगाएर आफू पन्छिन खोजेको । अदालत पैसा र पावर हुनेको मात्रै रैछ ।  अदालत र अख्तियारमा सबैभन्दा धेरै चलखेल हुनेरहेछ । पैसा हुनुपर्यो, नेता हुन पर्यो, न्यायाधीस किन्न सक्नुपर्यो । सबै न्यायाधीशले सत्यको पक्षमा फैसला नगर्ने रहेछन् । 

राम्रो हुन्छ भनेर भएको कुरालाई पनि होइन भनेर केपी ओलीलाई बिन्ती गरेर आए । अहिले दुख दिए । भगवान पनि रहेनछन् । 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : ५९ बजे

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी

ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको