बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने पक्का | Khabarhub Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने पक्का


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने भएका छन् ।

एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीको ७ मतसहित मुख्यमन्त्रीले विश्वासको मत पाउने भएका हुन् ।

प्रदेशसभामा ३७ सांसद रहेकाे कांग्रेसले मात्रै विपक्षमा मत हाल्ने भएकाे छ । यस्तै प्रदेशसभामा दुई दल भने तटस्थ रहने भएका छन् । १३ सांसद भएको राप्रपा र ३ सांसद भएको नेमकिपा तटस्थ रहने जनाएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेसँगै भएको छलफलमा सम्बन्धित दलले मत दिने नदिनेबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : ५८ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना