शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन « Khabarhub

शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताएका छन् ।
राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘जनजागरण सभा’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

अध्यक्ष लिङ्देनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुँदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्नुपर्ने धारणा राखे ।

उनले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन संघीयता खारेज गरी केन्द्रीय र स्थानीय तहको राज्य संरचना हुनुपर्ने भन्दै राष्ट्रिय एकतालाई बलियो बनाउन नेपालमा हिन्दु राष्ट्र कायम हुनुपर्नेमा जोड दिए।

उनले राष्ट्रको अभिभावकको रुपमा राजालाई स्थापित गर्न र व्यवस्था बदल्न राप्रपासँग नयाँ सम्झौता गर्नुपर्ने भन्दै अटेर गर्ने र देश र जनतालाई बन्धक बनाउने कार्य राप्रपाका लागि सह्य नहुने विचार राखे ।

उनले अन्य दलले निर्वाचनको सन्दर्भमा मिसन ८४ भनिरहेको अवस्थामा राप्रपा मिसन ८१ मै राज्य शक्तिलाई घुँडा टेकाउन आगामी चैत २७ गते काठमाडौँमा विशाल सभा गर्न लागेको जानकारी गराउँदै अहिले सत्ता साझेदारी र सत्ता स्वार्थका निम्ति देश बन्धक बनेको छ भने ।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश बनाउन राजा र राजनीतिक दल मिल्नुपर्ने बीपी विचारमा सबै राजनीतिक दल हिँड्नुपर्ने सुझाव दिँदै राजनीतिक दलका राष्ट्रिय हितका नीतिगत एजेण्डा लागू गराउन इमानदार बन्नुपर्ने कुरामा जोड दिए।

राप्रपाका महामन्त्री प्रल्हादप्रसाद साहले सरकारका गलत नीतिले मुलुकको उद्योगधन्दा धराशायी भएको चर्चा गर्दै युवालाई स्वदेशमै रोजगार दिन र अर्थतन्त्रलाई सबल बनाउन उद्योग स्थापना हुनुपर्ने धारणा राखे । राप्रपाका प्रवक्ता भक्तिप्रसाद सिटौलाले नेपालमा बहु दल आएको ३५ वर्ष नाघिसक्दा पनि नेताहरूमा बहुदलीय चरित्र र अभ्यास नदेखिएकाले नेपाली जनता समस्यामा पर्दै गएको बताए।

राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा दीपा पोखरेलले पनि बोलेका थिए। यसअघि आजै अध्यक्ष लिङ्देनले पार्टी सत्ताकेन्द्रित गतिविधिमा नलाग्ने बताएका थिए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्‍त कुराकानी गर्दै उनले पार्टीले प्रदेश या संघीयको सरकार निर्माण गर्ने या भत्काउने कुनै पनि खालको चलखेलमा पार्टी सामेल नहुने नीति रहको स्पष्ट पारे ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ७ : २७ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको