रौतहटको वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी « Khabarhub

रौतहटको वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटस्थित वन क्षेत्रभित्र भीषण आगलागी भएको छ। आगो नियन्त्रणको प्रयास जारी रहे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ।

डिवीजन वन कार्यालय रौतहटको  क्षेत्रअन्तर्गत घाटगद्दी गरी राखिएको काठमा भीषण आगलागी भएको हो। आगलागीबाट लाखौंको काठ दाउरा जलेर नष्ट भएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा आज दिउँसोदेखि सुरु भएको भिषण आगलागी अहिले पनि नियन्त्रणमा आउन सकेको छैन। 

गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताएका छन्। 

नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन  निमार्णको लागि वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको प्रमुख मिश्रले जानकारी दिएका छन्। 

सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागी बारे सूचना आएको सेक्टर वन कार्यालय चोचाका प्रमुख अधिकृत राजेश कुमार साहले बताएका छन्।

 खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट पाँच वटा बारुण यन्त्र दमकलसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। 

आगलागीबाट काठ दाउरा जलेर भएको क्षति बारे पूर्ण यकिन नभए पनि १५-२० लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको उनले जानकारी दिएका छन्।

दिउँसोदेखि नै हुरीको जस्तै चलिरहेको तीव्र बेगको हावाका कारण आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ। 

तीव्रगतिको हावा चलेकै कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा दैनिक जसो आगलागीको घटना भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ७ : ५४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज