मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने « Khabarhub

मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहान नगरपालिकाले मोतिविन्दु पहिचान भएकालाई निशुल्क शल्यक्रिया गर्ने भएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा लहान–२४ मा आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

उक्त आँखा शिविरमा दुई सय ९७ जनाले आँखा जाँच गराएका छन् । जसमध्ये ९८ जनाको आँखामा मोतिविन्दु भेटिएको छ । मोतिविन्दुको बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

नगर प्रमुख चौधरीसहित उपप्रमुख रामचलितर महतो, वडाअध्यक्ष रासलाल रायलगायतले आँखा शिविर कार्यक्रम निरीक्षण गरेका थिए ।

नगरपालिकाले गत आर्थिक वर्षमा पनि एक हजार ९१ जनालाई निःशुल्क रुपमा मोतिविन्दुको शल्यक्रिया गराएको थिया । गतवर्ष सात हजार भन्दा बढीले आँखा जाँच, उपचार र औषधि पाएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १० : ५८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब