आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा | Khabarhub Khabarhub

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम समय हो। छनोटको अन्तिम डेटलाइन संयोगवश इन्डियन प्रिमियर लिग चलिरहेकै समयमा भएको छ। आईपिएलको सुरुवाती खेलको प्रदर्शन आसन्न विश्वकप छनोटको एउटा आधार बन्नु स्वाभाविक भएको छ। विगत केही महिनादेखि राष्ट्रिय टोलीमा रहेका खेलाडीको बिचमा आईपिएलको प्रदर्शन छनोटको एउटा मुख्य आधार बनेको हो। तर एकै पटक अहिले मात्र आईपिएलमा छाएकाको हकमा छनोटकर्ताले धेरै ध्यान दिएनन्।

भारतीय क्रिकेट बोर्डले मंगलबार छनोट गरेको टोलीको विकेट किपरमा ऋषभ पन्त र सञ्जु सामसनलाई चयन गरेको छ। २०२२ को डिसेम्बरमा भएको कार दुर्घटनापछि पहिलो पटक ऋषभ पन्त राष्ट्रिय टोलीमा फर्किएका हुन्। आफगानीस्तान विद्धको पहिलो टी-२० शृङ्खलामा देखिएका शिवं दुवेलाई यस पटकको आईपिएल फर्मकै कारण टोलीबाट बाहिर राख्नु कठिन थियो। नौ खेलमा १७२ भन्दा बढीको स्ट्राइक रेटमा चेन्नाइ सुपर किङका लागि उनले ३५० रन जोडेका छन्।

भारतले अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव र युजभेन्द्र चावललाई समावेश गर्दै स्पिन बलरलाई मुख्य प्राथमिकता दिएको छ। सिम बलरमा जसप्रित बुमराहको अलवा मोहम्मद सिराज र आर्सदीप सिंह समावेश गरिए।

भारतले अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव र युजभेन्द्र चावललाई समावेश गर्दै स्पिन बलरलाई मुख्य प्राथमिकता दिएको छ। सिम बलरमा जसप्रित बुमराहको अलवा मोहम्मद सिराज र आर्सदीप सिंह समावेश गरिए। रोहितसँगै शीर्ष क्रमको ब्याटिङमा यशस्वी जैयसवाल, विराट कोहली र सूर्यकुमार यादव समावेश भए।

शुभमन गील लामो समयपछि वैकल्पिक खेलाडीमा रहे। उनको यो आईपिएलको फर्म एकदमै खराब छ। खालेल अहमद र अभेष खान पनि वैकल्पिक टोलीमा छन्। तर पहिलो विकेटकिपरको रोजाइमा सञ्जु सामसन या ऋषभ पन्त भन्ने सवाल अनुत्तरित छ।

शीर्ष क्रममा रहेका धेरै खेलाडीको प्रतिस्पर्धाका कारण धेरै भारतीय क्रिकेट समर्थकको मनमा कौतुहलता जागेको छ।

रोहित शर्मा, विराट कोहली, यशस्वी जैयसवाल र सूर्यकुमार यादवको चर्चा आईपिएल भन्दा अघि नै थियो। लामो समय भारतीय क्रिकेटमा प्रभाव जमाएका शुभमन गिलको अहिलेको फर्मले नै टोलीको संरचनामा फरक पारेको छ। मायंक यादवको पेस र एक्युरेसीले भने यस पटक भारतीय छनोटकर्ताको मन छोएन। चोटसँगको सङ्घर्षका कारण उनी अझ लामो समय पूर्ण फिट हुने सम्भावना कम छ।

आईपिएलमा ऋषभ पन्तको फिटनेसको समस्या सकिएको छ। परन्तु पहिलो विकेटकिपरको रोजाइमा सञ्जु सामसन वा ऋषभ पन्त भन्ने सवाल त खेल सुरु हुँदासम्म रहने छ।

आईपिएलमा ऋषभ पन्तको फिटनेसको समस्या सकिएको छ। परन्तु पहिलो विकेटकिपरको रोजाइमा सञ्जु सामसन वा ऋषभ पन्त भन्ने सवाल त खेल सुरु हुँदासम्म रहने छ। कलकाता नाइट राइडर्सका प्रमुख साहरुन खानले आईपिएलमा आफ्नो टोलीका मध्य क्रमका ब्याट्सम्यान रिन्कु सिंह आसन्न विश्वकपको टोलीमा रहने कुरामा आफू विश्वस्त रहेको बारम्बार बताएका थिए। दुबेलाई छनोटकर्ताले बढी विश्वास गरेपछि सिंह वैकल्पिक खेलाडीको रूपमा रहे।

यो सिजनमा आईपिएलमा सनराइजर्स हैदरवादका अभिषेक शर्माले त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरेका छन्। शर्माकै उत्कृष्ट प्रदर्शनका कारण माथिल्लो क्रममा अझ धेरै प्रतिस्पर्धा भएको हो। तल्लो क्रममा शशाङ्क सिंहले यो आईपिएलमा केही शानदार पारी खेलेका छन्।

पन्जाबलाई कलकत्ता नाइट राइडर्स विरुद्धको कीर्तिमानी जित दिलाउने पारी सधैँ यादगार रहने छ। उनी पनि छनोटकर्ताको आँखामा परेनन्।

तस्बिरः क्रिकइन्फो

पहिलो पावर प्लेमा धुवाँदार ब्याटिङ गरेर आईपिएललाई नै नयाँ आधार दिएका अभिशेष शर्मा नै छनोटकर्ताको आँखामा पर्न सकेनन्।
यो विश्वकप टोलीको घोषणा हुने बित्तिकै धेरै भारतीय क्रिकेट समर्थक केही विषयमा आक्रोशित देखिए। उनीहरूको मुख्य आक्रोश उत्कृष्ट फिनिसरको रूपमा स्थापित रिन्कु सिंह टोलीमा वैकल्पिकमा मात्र सीमित हुनु नै हो। सिंहले ८९ को औसत तथा १७६ भन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन्। यस पटक आईपिएलमा नछाएका कारण नै लोकेश राहुल टोलीमा अटाएनन्। यसमा उनको समर्थको गुनासो भयङ्कर धेरै देखिएको छ।

धरै समर्थकले रोहितको नेतृत्वमा गुनासो र आपत्ति छ। धेरै समर्थकको मतमा अझै कोहली नै टोलीको नेतृत्व गर्न लायक हुन्।

यो आईपिएलमा राम्रो प्रदर्शन गरिरहेका सन्दीप शर्मालाई टोलीमा समावेश नगर्नुमा उनका समर्थकको आक्रोश त्यत्तिकै छ। भारतीय क्रिकेट बोर्डकै अनुसार हार्दिक पाण्डे, दुबे र रिन्कु मध्ये एक बाहिरिने क्रममा रिन्कु बाहिरिएका हुन्। पाण्डे टोलीका उपकप्तान छन्। दुबे पनि आईपिएलमा उत्तिकै फर्ममा रहनुका साथै अनुभवी पनि हुन्।

रिंकु सिंह र आन्द्रे रसेल । तस्बिर क्रिकइन्फो

मंगलबार अहमदााबादमा बसेका छनोटकर्ताको बैठकमा रिन्कुलाई बाहिर राख्नलाई दुवे फर्म र हार्दिकको पुरानो छवि नै मुख्य कारण बनेको थियो। पाण्डे सिम बलरको विकल्प भएका कारण उनलाई टोलीबाट हटाउन छनोटकर्ताको जोखिमको महसुस गरे।

यो आईपिएलका सुरुवाती सात पारीमा कमजोर प्रदर्शन गरेर मुम्बई इन्डियन्ससँगको खेलमा पुगेपछि शतक प्रहार गरेका जैसवालको छनोटलाई लिएर टिका टिप्पणी भएको छ।

एउटै खेलको आधारमा उनलाई छनोट गरिएको गुनासो नचलेको होइन। त्यस भन्दा अघि उनले ७ खेलमा सबै भन्दा धेरै ३९ रनको दरले १२१ रन प्रहार गरेका थिए।

यो सिजनको टी–२० विश्वकप १ जुनदेखि अमेरिका र क्यारेबियन क्षेत्रमा हुनेछ। भारतले पहिलो खेल ५ जुनमा आयरल्यान्डसँग न्युयोर्कमा खेल्ने छ।

यस पटकको टी–२० विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गर्दै छन्। सहभागी टोलीलाई ५ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूह बाट शीर्ष दुई स्थान पाउने ८ टोली सुपर एटमा प्रवेश गर्ने छन्। यी नै मध्येको दुई समूहमा सुपर एटको खेल हुनेछ। दुवै समूहको शीर्ष २ स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनलदेखि नकआउट खेल सुरु हुनेछन्।

भारत, क्यानडा, आयरल्यान्ड, पाकिस्तान र अमेरिका सहितको समूहमा ‘ए’मा छन्। समूह ‘बी’मा अस्ट्रेलिया, इंग्ल्यान्ड, नामिबिया, ओमान र स्कटल्यान्ड छन्।

समूह ‘सी’मा अफगानिस्तान, न्युजिल्यान्ड, पपुवा न्युगीनी, युगान्डा र वेस्ट इन्डिज छन्। समूह ‘डी’मा बङ्गलादेश, नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का छन्।
स्रोतः टाइम्स अफ इन्डिया, आइसिसी, क्रिकइन्फो

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ३५ बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका