भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता | Khabarhub Khabarhub

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसका राष्ट्रिय सुरक्षा सल्लाहकार निकोलाई पेत्रुशेव बीच भेटवार्ता भएको छ ।

रुसको सेन्ट पीटर्सबर्गमा भएको सुरक्षा मामिला सम्बन्धी जिम्मेवार उच्चाधिकारीहरुको १२औँ अन्तर्राष्ट्रि बैठकका अवसरमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरुबीच द्विपक्षीय सहयोगको प्रगति समीक्षाका साथै आपसी हितका विषयमा विचार विमर्श भएको छ ।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले रुसको मस्कोस्थित क्रोकस सिटी हलमा मार्च २२ मा भएको आतंकवादी हमलाको निन्दा गरे । उनले खतरासँग जुध्न र दोहोरो मापदण्डबाट जोगिन आह्वान समेत गरे ।

यसै महिनाको सुरुमा काजकस्तानको अस्तानामा भएको संघाई सहयोग संगठनका सदस्य देशहरुको सुरक्षा परिषद सचिवालयको बैठकमा पनि पेत्रुवेशसँग डोभालको भेट भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : २२ बजे

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाममा ल्याइयो

जनकपुरधाम –  नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

हैदरावादलाई हराउँदै कोलकाता आईपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा