अरूण-३ आयोजनामा थप ७ रोपनी ५ आना जग्गा अधिग्रहण गरिँदै « Khabarhub

अरूण-३ आयोजनामा थप ७ रोपनी ५ आना जग्गा अधिग्रहण गरिँदै


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण-३ आयोजनालाई आवश्यक थप जग्गा अधिग्रण गर्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले सूचना निकालेको छ ।

जिल्लाको मकालु गाउँपालिका-३ (साबिक पाथीभारा वडा नं. ३ र ४) मा थप ७ रोपनी ५ आना १ पैसा जग्गा अधिग्रहण गर्न लागिएको हो । अधिग्रहण गरिने थप जग्गाको मुआब्जा दर पनि निर्धारण भइसकेको छ ।

गत बिहीबार बसेको  मुआब्जा निर्धारण समितिको बैठकले मकालु गाउँपालिका-३ को उवा गाउँ तथा नयाँ बस्तीमा जग्गा अधिग्रहण र  मुआब्जाबारे निर्णय गरेको थियो ।

सूचनामा उल्लेख भएअनुसार साबिक पाथीभरा-४, नयाँ बस्तीमा १ हजार ४५ वर्गमिटर (२ रोपनी ३ पैसा १.८ दाम) जग्गा प्रतिरोपनी ८ लाख रुपैयाँका दरले अधिग्रहण गरिँदैछ । साबिक पाथीभरा-३ मा १४ सय ४८ वर्गमिटर (२ रोपनी १३ आना २ पैसा) खेतको मुआब्जा पनि प्रतिरोपनी ८ लाख रुपैयाँ नै निर्धारण गरिएको छ ।

साबिक पाथिभरा-३ मा रहेको १२ सय ३७ वर्गमिटर (२ रोपनी ६ आना ३ पैसा २.४ दाम) बारीको मुआब्जा सात लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

प्रशासनले निर्धारण गरिएको मुआब्जा रकममा चित्त नबुझे १५ दिनभित्र गृह मन्त्रालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख गरेको छ ।

भारतीय कम्पनी सतलज विद्युत निगम (एसजेभीएन) ले सार्वजनिक-निजी-साझेदारी मोडल अन्तरगत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गरिरहेको छ । आयोजना निर्माणको काम ७० प्रतिशत सकिएको कम्पनीले जनाएको छ ।

जग्गा अधिग्रहण सूचनाः

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ११ : ०० बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर