नारायणगढ–बुटवल सडक : पाँच वर्षमा पचास प्रतिशत काम « Khabarhub

नारायणगढ–बुटवल सडक : पाँच वर्षमा पचास प्रतिशत काम


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ ।

बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ सम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा पछिल्लो पाँच महिनामा एकतर्फी १८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको उनको भनाइ छ ।

उनले, ‘२०७५ माघदेखि २०८० असारसम्म एकतर्फी १५ किलोमिटर सडक कालोपत्र भएको थियो ।’

अहिले सडकमा कालोपत्रसँगै सडक किनारको खाल्डा पुर्ने सडकमा ‘बेस’ र‘‘सबबेस’ बनाउने काम भइरहेको छ ।

उक्त खण्डमा २५ मिटर लामा सबै साना पुलको निर्माण सम्पन्न भएको उल्लेख गर्दै इन्जिनियर खनालले ठूला पुलको ग्रिडर (पुलमा पिलर उठाएपछि ढलान गर्न राखिने बिम) राख्ने काम भइरहेको बताए ।

सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले हाल कावासोतीको डण्डाबाट पश्चिमतर्फ र गैँडाकोटको थुम्सीको जङ्गलमा कालोपत्रको काम चलिरहेको बताए ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ११ : ४२ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा