उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍यो : प्रदीप ज्ञवाली | Khabarhub Khabarhub

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍यो : प्रदीप ज्ञवाली


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेकपा एमालेका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको बताएका छन् ।

पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आएका ज्ञवालीले इलाममा विजय कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताएका हुन् । उनले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरू र राजा ल्याउँछौं भन्नेहरूको अवस्था पनि थाहा भएको बताए ।

कार्यकर्ताहरूमाझ उनले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनु पर्ने धारणा राखे। 

नेता ज्ञवालीसँगै पार्टीका स्कुल विभागका सचिव घनश्याम कोइराला, संगठन विभाग प्रमुख कासीनाथ अधिकारी, पोलिट ब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, पोलिट ब्युरो सदस्य निरु पाल लगायतका नेता बैतडी आइपुगेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १ : ५५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग