सलमानको घरबाहिर गोली चलाएको प्रकरणमा पक्राउ युवकले गरे आत्महत्या « Khabarhub

सलमानको घरबाहिर गोली चलाएको प्रकरणमा पक्राउ युवकले गरे आत्महत्या


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली चलाएको आरोपमा हिरासतमा लिइएका एक युवकले बुधबार आत्महत्या गरेका छन् ।

गत १४ अप्रिलमा सलमानको घरबाहिर गोली चलाएको मामिलामा पक्राउ गरेर हिरासतमा लिइएका ती युवकले आत्महत्या गरेका हुन् ।

पुलिसको हिरासतमा रहेका बेला आत्यहत्या कोसिस गरेपछि गम्भीर भएका अनुज थापनलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।

गोली चलाएको घटनामा संलग्न ती युवकमाथि प्रहरीले अवैध हतियार उपलब्ध गराएको आरोप लगाएको थियो

प्रहरीका अनुसार अनुजले हिरासतमै आत्महत्या कोसिस गरेपछि अस्पतालमा भर्ना गरिएको थियो। तर उनको अस्पताल लगेको केही बेरमै ज्यान गएको हो ।

एक साता लामो अनुसन्धानपछि प्रहरीले उनीसहित दुईजनालाई पञ्जाबबाट पक्राउ गरेको थियो। यसमा ३७ वर्षीय सोनु सुभाष चन्द्र र ३२ वर्षीय अनुज थापन थिए ।

समाचार अनुसार अनुज लरेन्स बिश्नोई ग्याङको सम्पर्कमा थिए । उनी ट्रकमा सहायकका रुपमा काम गर्थे । मुम्बईको क्राइम ब्रान्चले सुरतको तापी नदीबाट एउटा पेस्तोल र केही गोली बरामद गरेको थियो ।

प्रहरीले सलमानको घरअगाडि १४ अप्रिलमा गोली चलाउन त्यही पेस्तोल प्रयोग भएकव जनाएको छ । प्रहरीका अनुसार यो हतियार अनुज र सुभाषले उपलब्ध गराएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ३ : ५६ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,