विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने « Khabarhub

विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक आगामी असार ४ देखि ७ सम्म काठमाडौंमा हुने भएको छ । अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा बैठक आयोजक समिति गठन गरिएको छ ।

आइडीए विश्व बैंकबाट सहुलियतपूर्ण ऋण प्रवाह गर्ने निकाय हो । विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटमा अर्थमन्त्री वर्षमान पुनले समितिको विषयमा जानकारी दिइसकेका छन्‌ ।

बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा नै सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरूले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने उपाध्यक्ष मार्टिनले जानकारी दिएका छन्‌ ।

नेपाल सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने जनाएको छ । आइडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकोमा विश्व बैंक समूहले नेपाल रोजेको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ११ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते