आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट « Khabarhub

आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर र उदयपुरमा आगलागीबाट १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भक्तपुरकाे  मध्यपुरठिमी नगरपालिका-२ सानोठिमी दिव्यश्वरीस्थित दिव्यश्वरी जग्गा एकीकरण आयोजनाको पानी तान्ने बोरीङ घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा प्यानल बोर्ड १ थान, तिन फेजको मिटर बक्स १ थान, एमसिबि १ थान, फिडर १ थान लगायतका सरसामानहरू जलेर करिब ३ लाख ८६ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यसैगरी, उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका-५ हिम्मा ढुकुरथुम्कास्थित रानी सामुदायिक वनमा मंगलबार राति लागेको डढेलो फैलिएर सोही ठाउँ बस्ने जसित राई समेत ४ जनाको घर र गोठमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ५९ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १