आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट | Khabarhub Khabarhub

आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर र उदयपुरमा आगलागीबाट १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भक्तपुरकाे  मध्यपुरठिमी नगरपालिका-२ सानोठिमी दिव्यश्वरीस्थित दिव्यश्वरी जग्गा एकीकरण आयोजनाको पानी तान्ने बोरीङ घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा प्यानल बोर्ड १ थान, तिन फेजको मिटर बक्स १ थान, एमसिबि १ थान, फिडर १ थान लगायतका सरसामानहरू जलेर करिब ३ लाख ८६ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यसैगरी, उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका-५ हिम्मा ढुकुरथुम्कास्थित रानी सामुदायिक वनमा मंगलबार राति लागेको डढेलो फैलिएर सोही ठाउँ बस्ने जसित राई समेत ४ जनाको घर र गोठमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ५९ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको