उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान « Khabarhub

उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा उद्योग संगठन मोरङले श्रमिकलाई सम्मान गरेको छ । संगठनले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानमा लामो समयदेखि कार्यरत तीन जना श्रमिकलाई सम्मान गरेको हो ।

श्री रघुपति जुट मिल्स लिमिटेडमा ३३ वर्षदेखि कार्यरत बलराम मण्डल, रिलायान्स स्पिनिङ मिल्समा २७ वर्षदेखि कार्यरत राम पवित्र साह र स्वस्तिक आयलमा ३६ वर्षदेखि कार्यरत ललनकुमार राय सम्मानित भएका हुन्‌ ।

संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपीन कावरा र ट्रेड युनियन प्रदेश कमिटीका अध्यक्षहरूले संयूक्त रूपमा खादा तथा माला लगाई सम्मानपत्र र जनही ११ हजार रुपैयाँ नगद पुरस्कारसहित श्रमिकलाई सम्मान गरेका हुन्‌ ।

श्रमिकहरूलाई शुभकामना दिँदै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योगको उत्पादकत्व अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माण गर्न श्रमिक र रोजगारदाता दुबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले उद्योगी र श्रमिकबीच निरन्तर सम्वाद र सहकार्यले आपसी सम्बन्ध थप प्रगाढ भई असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने पनि उल्लेख गरे ।

संगठनका रोजगारदाता उपाध्यक्ष विपीन कावराले श्रमिक र रोजगारदाता एकअर्कासँगको सहकार्यले मात्र असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका कोशी प्रदेशका अध्यक्ष किशोर धमला र ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले श्रमिक दिवस अवसरमा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेकोमा  धन्यवाद दिँदै यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकबीच सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : ०९ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि