उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान | Khabarhub Khabarhub

उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा उद्योग संगठन मोरङले श्रमिकलाई सम्मान गरेको छ । संगठनले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानमा लामो समयदेखि कार्यरत तीन जना श्रमिकलाई सम्मान गरेको हो ।

श्री रघुपति जुट मिल्स लिमिटेडमा ३३ वर्षदेखि कार्यरत बलराम मण्डल, रिलायान्स स्पिनिङ मिल्समा २७ वर्षदेखि कार्यरत राम पवित्र साह र स्वस्तिक आयलमा ३६ वर्षदेखि कार्यरत ललनकुमार राय सम्मानित भएका हुन्‌ ।

संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपीन कावरा र ट्रेड युनियन प्रदेश कमिटीका अध्यक्षहरूले संयूक्त रूपमा खादा तथा माला लगाई सम्मानपत्र र जनही ११ हजार रुपैयाँ नगद पुरस्कारसहित श्रमिकलाई सम्मान गरेका हुन्‌ ।

श्रमिकहरूलाई शुभकामना दिँदै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योगको उत्पादकत्व अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माण गर्न श्रमिक र रोजगारदाता दुबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले उद्योगी र श्रमिकबीच निरन्तर सम्वाद र सहकार्यले आपसी सम्बन्ध थप प्रगाढ भई असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने पनि उल्लेख गरे ।

संगठनका रोजगारदाता उपाध्यक्ष विपीन कावराले श्रमिक र रोजगारदाता एकअर्कासँगको सहकार्यले मात्र असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका कोशी प्रदेशका अध्यक्ष किशोर धमला र ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले श्रमिक दिवस अवसरमा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेकोमा  धन्यवाद दिँदै यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकबीच सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : ०९ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका