यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव « Khabarhub

यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले  श्रमिकको समस्या समाधान निम्ति भन्दै ‘श्रमाधान योजना’ घोषणा गरेका छन्‌ । यो योजनाबाट श्रम र रोजगारीसँग सम्बन्धित सम्बन्धित समस्या समाधान हुने मन्त्री अर्यालले दाबी गरेका छन्‌ ।

श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्धारा प्रणालीबाट समाधान गर्ने जनाउँदै विभागीय मन्त्री अर्यालले वृहत रूपमा श्रमिकको समस्या समाधानदेखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी योजना ल्याइएको बताए ।

श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रसँग सम्बन्धित कार्यक्रम प्रस्ताव गरिएको छ । यसअन्तर्गत पहिलो कार्यक्रमलाई ‘सेकेन्ड इनिङ्ग्स’ नाम दिइएको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकाश भएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने विषयमा काम गर्ने मन्त्री अर्यालले दाबी गरे ।

दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ । यसले रोजगारदाता र रोजगारी खोज्ने बीच समन्वय गर्नेछ । तेस्रो भनिएको ‘समता’ कार्यक्रमले समानता प्रत्याभूत गराउने लक्ष्य रहेको मन्त्री अर्यालको भनाइ छ । उनका अनुसार यो कार्यक्रममार्फत विशेष समुदायलाई प्राथमिकता दिइनेछ ।

चौथोमा ‘ल’ कार्यक्रम छ । यस कार्यक्रममार्फत श्रमिकलाई कानूनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रमसम्बन्धी कानून सबैले जानुन भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए ।

पाँचौं नम्बरमा मन्त्री अर्यालले ‘कनेक्ट’ कार्यक्रम अघि सारेका छन्‌ । विश्व श्रम बजारमा नेपाली श्रमिकलाई प्रतिष्पर्धी बनाउने यो कार्यक्रमको उद्धेश्य रहेको मन्त्रीले बताए । यसैगरी छैठौं नम्बरमा रहेको ‘साथ’ कार्यक्रमले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभाष गराउने लक्ष्य राखेको छ ।

सातौं नम्बरमा मन्त्री अर्यालले ‘कल सेन्टर’ कार्यक्रम राखेका छन्‌ । कल सेन्टरबाट श्रमिकका समस्या तथा जिज्ञासा संकलन गरी सम्बन्धित निकायमार्फत समाधान गरिने मन्त्रालयले जनाएको छ ।

श्रमाधान योजनाका सात कार्यक्रमलाई क्रमिक रूपमा सञ्चालनमा ल्याइने मन्त्री अर्यालले बताएका छन्‌ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने उनले बताए ।

कल सेन्टर हप्ताको सातै दिन/चौबीसै घण्टा उपलब्ध हुने मन्त्रीले दाबी गरेका छन्‌ । समस्या समाधानका लागि कल सेन्टरबाट सम्बन्धित निकायका फोकल पर्सनसम्म सम्बन्धित मामिला पुर्‍याइनेछ । कल सेन्टरमा मिसकलमा आएको अवस्थामा पनि कलब्याक गरिने मन्त्रीले बताएका छन्‌ ।

दोस्रो चरणमा विदेशमा आधारित एसआइपी लाइन, आइभीआर (इन्टरएक्टिभ भ्वाइस रेसपोन्स), आर्टिफिसियल इन्टेलिजेनसमा आधारित च्याट बट, भिडियो एक्सेपलेनर, टायम कार्ड, कि पर्फमेन्स इन्डिकेटर प्रयोग सञ्चालनमा ल्याइने मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

श्रमाधान योजनाको पूर्णपाठ :

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : ३४ बजे

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका

प्रश्न गर्ने स्तर उकास्नुहोस्, रुपको होइन विचारको चर्चा गरौँ : सांसद धिताल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौँ– विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम

कीर्तिपुरमा टी-२० सिरिज: कप्तान दीपेन्द्रको परीक्षा

काठमाडौँ – नेपाली क्रिकेट टोलीले सोमबारदेखि घरेलु मैदान कीर्तिपुरमा चिरपरिचित

बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

नेपालगन्ज– बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको