टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा « Khabarhub

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इलियासको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । ओमानले विश्वकपमा जिशानको ठाउमा इलियासलाई कप्तान बनाएको छ ।

विश्वकप खेल्ने ओमानको टोलीमा आकिब इलियास (कप्तान), जिशान मकसुद, कश्यप प्रजापति, प्रतीक आठवले (विकेट), अयान खान, शोएब खान, मोहम्मद नदीम, नसीम खुशी (विकेट), मेहरान खान, बिलाल खान, रफिउल्लाह, कलीमुल्लाह, फय्याज बट, शकील अहमद रहेका छन् । त्यस्तै रिजर्व खेलाडीमा जतिन्दर सिंह, समय श्रीवास्तव, सुफयान महमूद र जय ओडेद्रा रहेका छन् । 

ओमान  विश्वकपको समुह बी मा रहेको छ । यस समुहमा ओमानसहित इङल्याण्ड, अस्ट्रेलिया, नामिबिया र स्कटल्याण्ड रहेका छन् ।

ओमानले पहिलो खेल जुन २ मा नामिबियासँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : ३६ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने