म षड्यन्त्रको शिकार भएँ : सन्दीप लामिछाने « Khabarhub

म षड्यन्त्रको शिकार भएँ : सन्दीप लामिछाने


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन् ।

उनले आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्याङकन गर्ने उल्लेख गरेका छन् । साथै लामिछानेले सत्यतथ्य सबैकुरा समयसँगै बाहिर आउने बताएका छन् ।

उनले लेखेका छन्, ‘म लामो समय मौन रहेँ । म षडयन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून्। सबै कुरा ईश्वरमा छोडिदिन्छु। समयले सत्य प्रकट गरेर बताउनेछ।’

आज मात्रै नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न टि२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो । उच्च अदालतमा सन्दीपको मुद्दा विचाराधिन रहँदा उनी विश्वकपको टोलीमा समावेश हुन सकेनन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : १६ बजे

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का