‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल « Khabarhub

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ।

प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेतले मिस्टर सुप्रानेसनलको उपाधि हात पारेका छन् ।

त्यस्तै प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि मिस ग्लोबल नेपाल मोनिका अधिकारी, मिस ‘इन्टरकन्टिनेन्टल’ नेपाल आयुष्नोभा ढुंगानाले जितेकी छन्। भने पुरुषतर्फ क्षितिज श्रेष्ठ क्षेत्री मिस्टर इन्टरनेसनल नेपाल बन्न सफल भए।

महिलातर्फ रजिता पराजुली फर्स्ट रनरअप र संस्कृति भट्ट सेकेन्ड रनरअप बने भने पुरुषतर्फ मिलन भट्टराई र सन्देश सिटौला क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनर अप बनेका छन्।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गरेकी थिइन्। महिला र पुरुष मोडलहरु संयुक्त रुपमा सहभागी प्रतियोगिताको फिनालेमा टप २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए।

फिनालेअघि प्रतियोगीहरुले विभिन्न चरणमा ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्डजस्ता विभिन्न विधामा आफ्नो प्रतिभा देखाएका थिए। विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : २२ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न