मनै लोभ्याउने तोप चराको इन्जिनियरिङ (फोटो फिचर) « Khabarhub

मनै लोभ्याउने तोप चराको इन्जिनियरिङ (फोटो फिचर)


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

काठमाडौं – भँगेरा वर्गमा पर्ने तोप चरालाई चराको ‘इन्जिनियर’ भनेर चिनिन्छ। कलात्मक गुँड बनाउने हुनाले यसलाई चराको इन्जिनियर भनिएको हो।

तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ। गुँड रुखबाट तलतिर झुण्डिएको हुन्छ। यी चरा समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँड एकै ठाउँमा हुन्छन।

तोप चरा हिउँदमा काठमाडौंमा आउँछन्। काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। हरियो घाँस जम्मा पारेर चुच्चोको सहाराले कलात्मक गुँड बनाउछन्। झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक हुन्छ।

यो चराले रुखमा झुण्डिएको लामो गुँड बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ। पंक्षीविज्ञका अनुसार यो चराको भाले प्रजातिले मात्र गुण बनाउँछन् । गुँड राम्रो बनाउने विषयमा तोप चराको भाले प्रजातिको प्रतिस्पर्धा नै हुन्छ। काठमाडौंको बल्खु क्षेत्रमा तोप चराले बनाएका गुँड :

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ६ : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार