मनै लोभ्याउने तोप चराको इन्जिनियरिङ (फोटो फिचर) | Khabarhub Khabarhub

मनै लोभ्याउने तोप चराको इन्जिनियरिङ (फोटो फिचर)


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

काठमाडौं – भँगेरा वर्गमा पर्ने तोप चरालाई चराको ‘इन्जिनियर’ भनेर चिनिन्छ। कलात्मक गुँड बनाउने हुनाले यसलाई चराको इन्जिनियर भनिएको हो।

तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ। गुँड रुखबाट तलतिर झुण्डिएको हुन्छ। यी चरा समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँड एकै ठाउँमा हुन्छन।

तोप चरा हिउँदमा काठमाडौंमा आउँछन्। काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। हरियो घाँस जम्मा पारेर चुच्चोको सहाराले कलात्मक गुँड बनाउछन्। झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक हुन्छ।

यो चराले रुखमा झुण्डिएको लामो गुँड बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ। पंक्षीविज्ञका अनुसार यो चराको भाले प्रजातिले मात्र गुण बनाउँछन् । गुँड राम्रो बनाउने विषयमा तोप चराको भाले प्रजातिको प्रतिस्पर्धा नै हुन्छ। काठमाडौंको बल्खु क्षेत्रमा तोप चराले बनाएका गुँड :

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ६ : ५७ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको