आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल प्रतियोगिता आजदेखि « Khabarhub

आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल प्रतियोगिता आजदेखि


१९ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा आजदेखि आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगिता सुरु हुँदैछ । संघको तालिका अनुसार पहिलो दिन आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेल हुनेछन् ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुनेछ । आज बिहान ९ बजे पुरुषतर्फको पहिलो खेल टिपटप हेल्प नेपाल र बूढानिलकण्ठ भलिबलबीच हुनेछ ।

यस्तै, आज दिउँसो ३ बजे महिलातर्फको पहिलो खेल हुनेछ । जसमा एपीएफ र चन्द्रागिरी नगरपालिकाको टीलीबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा पुरुष तर्फ टिपटप हेल्प नेपाल, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लब गरी ८ टोली छन् ।

यस्तै, महिलातर्फ पुलिस, एपिएफ, न्यु डायमण्ड, आर्मी, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णालीले गरी ६ टोली छन् ।

लिगमा पुरुष तथा महिला दुवै तर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै, उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ७ : ०९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर