कृषकलाई हाते ट्रयाक्टर वितरण « Khabarhub

कृषकलाई हाते ट्रयाक्टर वितरण


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ३ का कृषकलाई हाते ट्रयाक्टर वितरण गरिएको छ ।

परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्रयाक्टर वितरण गरिएको हो ।

वडा कार्यालयको ‘कृषि प्रवर्द्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ३८ कृषकलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए । उनले वडा कार्यालयले माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराएको बताए ।

‘४० हजार मूल्यका हाते ट्रयाक्टरमा कृषक र गाउँपालिकाले २०/२० हजारको दरले साझेदारी भएको छ, छिट्टै व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई प्लास्टिक टनेलसमेत अनुदानमा वितरण गर्ने योजना बनाएका छौँ’, वडाध्यक्ष शाहीले भने ।

शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शाही, वडा सदस्य जितबहादुर खत्री, आइती दर्जीलगायतले कृषकलाई हाते ट्रयाक्टर वितरण गरे ।

यस वर्ष कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत आठ लाख ५० हजारमा ३८ कृषकलाई हाते ट्रयाक्टर र २५ कृषकलाई प्लास्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ । गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्रयाक्टर दिएपछि राहत मिलेको रघुगङ्गा गाउँपालिका– ३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताए ।

म्याग्दीमा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्रयाक्टर लगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।

हाते ट्रयाक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने पिप्लेका कृषक प्रकाश शर्माले बताए ।

सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्रयाक्टरको प्रयोग बढ्दै गएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ७ : १७ बजे

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको