कृषकलाई हाते ट्रयाक्टर वितरण « Khabarhub

कृषकलाई हाते ट्रयाक्टर वितरण


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ३ का कृषकलाई हाते ट्रयाक्टर वितरण गरिएको छ ।

परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्रयाक्टर वितरण गरिएको हो ।

वडा कार्यालयको ‘कृषि प्रवर्द्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ३८ कृषकलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए । उनले वडा कार्यालयले माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराएको बताए ।

‘४० हजार मूल्यका हाते ट्रयाक्टरमा कृषक र गाउँपालिकाले २०/२० हजारको दरले साझेदारी भएको छ, छिट्टै व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई प्लास्टिक टनेलसमेत अनुदानमा वितरण गर्ने योजना बनाएका छौँ’, वडाध्यक्ष शाहीले भने ।

शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शाही, वडा सदस्य जितबहादुर खत्री, आइती दर्जीलगायतले कृषकलाई हाते ट्रयाक्टर वितरण गरे ।

यस वर्ष कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत आठ लाख ५० हजारमा ३८ कृषकलाई हाते ट्रयाक्टर र २५ कृषकलाई प्लास्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ । गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्रयाक्टर दिएपछि राहत मिलेको रघुगङ्गा गाउँपालिका– ३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताए ।

म्याग्दीमा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्रयाक्टर लगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।

हाते ट्रयाक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने पिप्लेका कृषक प्रकाश शर्माले बताए ।

सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्रयाक्टरको प्रयोग बढ्दै गएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ७ : १७ बजे

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका