मोदीदेखि कङ्गनासम्मको अन्तिम चुनावी लडाइँ | Khabarhub Khabarhub

मोदीदेखि कङ्गनासम्मको अन्तिम चुनावी लडाइँ

लोकसभा निर्वाचनमा सातौं चरणको मतदान


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

सन् २०२३ मा अन्तरिक्ष विज्ञानमा मारेको फड्को, संसारकै महाशक्तिको रूपमा भारतको उदयको सम्भावना तथा सीमान्तकृत समुदायलाई राहतको प्याकेज। भाजपा नेतृत्वको एनडिए गठबन्धन मोदी शासनलाई अनुमोदन गराउने मुद्दाको साथ लोकसभा निर्वाचनमा उत्रिएको छ।

मोदी विकल्पको रूपमा उदाएको इन्डियाले भावी प्रधानमन्त्री त घोषणा गरेको छैन।  मालिकार्जुन खाङ्ग्रेको नेतृत्वमा भारतीय राजनीतिमा काँग्रेसको पुनरागमनको प्रयास भएको छ। सात चरणको निर्वाचन शनिबार सकिएपछि मतगणना सुरु हुनेछ। संसारको सबै भन्दा धेरै जनसङ्ख्या भएको देशको अबको राजनीति संसारभरकै लागि चासोको विषय बनेको छ।

मत सर्वेक्षण भन्दा फरक परिणाम नआए मोदी जहवारलाल नेहरुपछि कीर्तिमानी तेस्रो पटक प्रधानमन्त्री हुने छन्।

संसारकै सबै भन्दा व्यापक लोकतान्त्रिक अभ्यासको सुरुवात ४० दिन अघि १९ अप्रिलमा सुरु भएको थियो। अन्तिम दिन ९०४ उम्मेदवार चुनावी मैदानमा छन्। ७ राज्य तथा युनियन टेरीटरी गरी कुल ५७ सिटका लागि अन्तिम चरणमा मतदान भइरहेको छ। यस अघि अप्रिलको १९ र २६ तथा मेका ७, १३, २० र २५ का दिन ६ चरणका मतदान भएका थिए। ९६८ मिलियनले यस मतदानमा नाम दर्ता गराएका थिए।

अन्तिम दिन पन्जाबमा १३ सिटका लागि मतदान भइरहेको छ। हिमाचल प्रदेशका सबै चार तथा झार खण्डका १४ मध्येका ३ स्थानमा अन्तिम चरणमा मतदान जारी छ। ओडिसाका २१ मध्येका ६ स्थानका लागि मतदान हुँदै छ। सबै भन्दा ठुलो र धेरै सिट भएको उत्तर प्रदेशका ८० मध्येका १३ स्थानमा लागि शनिबार नै मतदान सम्पन्न हुनेछ। बिहारका ४० मध्येका ८, पश्चिम बङ्गालका ४२ मध्यका ९ तथा चन्ढीगडको एक स्थानमा मतदान जारी छ।

उत्तर प्रदेशको प्राचीन र पुरानो सभ्यता बोकेको वाराणाशी यस निर्वाचनको सबै भन्दा महत्त्वपूर्ण क्षेत्र हो। भारतीय नरेन्द्र मोदीले यसै निर्वाचन क्षेत्रमा  उम्मेदवारी दिएका छन्।

मोदीको प्रतिस्पर्धीका रूपमा काँग्रेसले अजय राईलाई उम्मेदवार बनाएको छ। राईलाई समाजवादी पाटीको साथ छ। यो राज्यमा समाजवादी पार्टीको बलियो उपस्थिति छ वाराणाशी सन् १९९० को दशकको सुरुवातदेखि नै भाजपाको पकड रहँदै आएको छ। यसै क्षेत्रमा अयोध्या रहेको छ।

उत्तर प्रदेशको प्राचीन र पुरानो सभ्यता बोकेको वाराणाशी यस निर्वाचनको सबै भन्दा महत्त्वपूर्ण क्षेत्र हो। भारतीय नरेन्द्र मोदीले यसै निर्वाचन क्षेत्रमा  उम्मेदवारी दिएका छन्।

वाराणसी भन्दा केही पर रहेको गाजी पुरको निर्वाचनलाई पनि धेरैले चासो पूर्वक हेरिरहेका छन् सो क्षेत्रमा मुख्तर अन्सरीका भाइ अफजल अन्सारी उम्मेदवार छन्। मुख्तर अन्सारीको मार्च महिनामा जेलमा मृत्यु भएको थियो। उनको विरुद्धमा भाजपाले पारस नाथ राईलाई उम्मेदवार बनाएको छ।

पटलीपुत्र विहार पटना साहेबमा पूर्व सङ्घीय मन्त्री रवि शंकर प्रसाद उम्मेदवार छन्। काँग्रेसले अनन्सु अभिषेक कुशहवालाई उम्मेदवार बनाएको छ। यस क्षेत्रबाट विगतमा चर्चित अभिनेता शत्रुघ्न सिन्हवाले प्रतिनिधित्व गरेका थिए। सन् २००९ देखि २०१४ का प्रतिनिधि सिन्हवाले त्यसपछि दल त्यागेका थिए।

हिमाञ्चलमा कंगना
हिमाञ्चल प्रदेशको मान्डीमा अर्को रोचक प्रतिस्पर्धा छ। बलिउड कलाकार कङ्गना रनौतलाई यस क्षेत्रमा भाजपाले उम्मेदवार बनाएको छ। काँग्रेसले विक्रमादित्य सिंहलाई उम्मेदवार बनाएको हो। यस क्षेत्रमा सिंह परिवारको पुर्ख्यौली प्रभाव छ। विक्रमादित्यका दिवंगत बाबु वीर भद्र सिंह चार पटकका हिमाञ्चल प्रदेशका मुख्यमन्त्री समेत हुन्। सन् २०१४ र २०१९ मा भने सो स्थानमा भाजपाका राम स्वरूप शर्माले प्रतिभा सिंहको विरुद्धमा जीत हात पारेका थिए।

शिरोमणि अकाली दलले पन्जाबको जालन्धरमा लगातार ९ पटक कब्जा जमाएको थियो। यो पकडमा अहिले पृथकतावादी गतिविधिबाट नेतृत्वमा उदाएका अमृत पाल सिंहको उदयले चुनौती थपिएको छ। सिंह जेलबाट नै उम्मेदवार भएका हुन्। पन्जाबलाई भिन्न सिंह राज्य बाउने माग सहितको खालिस्तान गतिविधिका उनी मुख्य सहयोगी हुन्।

यस क्षेत्रमा प्रान्तीय दलको बिचमा बढी प्रतिस्पर्धा हुनसक्छ। सिंहका मुख्य प्रतिस्पर्धा शिरोमणि अकालीका भिर्सा सिंह भल्तोहा र आम आदमी पार्टीका लाल जित सिंह बुलहार छन्। अमृतपलले जीत हात पारेमा यसले त्यस क्षेत्रमा नयाँ चुनौती थपिने अनुमान गरिएको छ।

ममता बेनर्जीका भाइ पर्ने अभिशेष बेनर्जी काँग्रेस पार्टीको तर्फबाट डाइमन्ड हारबरमा उम्मेदवार हुने छन्।

काँग्रेसले चन्ढीगणमा पूर्व मन्त्री मनिष तिवारीलाई उम्मेदवार बनाएको छ। छिमेकी पन्जाबमा शासन गरी रहेको आम आदमी पार्टीसँगको गठबन्धनका कारण यस क्षेत्रमा काँग्रेसको उत्साह बढेको छ। भाजपाले सञ्जय टण्डनलाई उम्मेदवार बनाएको छ। यस निर्वाचन क्षेत्रमा यस अघि सन् २०१४ र २०१९ मा कलाकार किरोन खेरसम्म उम्मेदवार भएका थिए।

सातौँ चरणमा मतदान हुने राज्य उत्तर प्रदेश भाजापको मजबुत पकड भएको राज्य मानिन्छ। बिहारमा गठबन्धनकै सरकार छ। उढिसामा एनडिए गठबन्धनमा विजु जनता दलको सरकार छ। हिमाञ्चल प्रदेशमा काँग्रेस तथा पन्जाबमा इन्डिया गठबन्धनको आम आदमी पाटीको सरकार छ। झार खण्डमा इन्डिया गठबन्धनको झार खण्ड मुक्ति मोर्चाको पकड छ। पश्चिम बङ्गालमा इन्डिया गठबन्धनको काँग्रेसको सरकार छ।

अन्तिम चरणमा निर्वाचन हुने यी क्षेत्रमा पछिल्लो पटक अहिले एनडिएमा रहेका मध्येबाट ३० तथा इन्डिया गठबन्धनबाट २१ सिटमा जित हात पारेका थिए।

यस पटकको निर्वाचन धेरै अर्थमा महत्त्वपूर्ण पक्कै छ। मोदी उम्मेदवार भएको क्षेत्रमा निर्वाचन हुँदैछ। धेरै प्रान्तीय दलको प्रभाव रहेको क्षेत्रमा पनि १ जुनमा नै मतदान हुँदैछ। अन्तिम दिन नै मोदी देखि कंगानासम्म जनमतमा जाने छन्।

अन्तिम निर्वाचनलाई विविधता बोकेको निर्वाचनको रूपमा पनि हरिने सक्छ। जहाँ फेरी एक पटक पारिवारिक विरासतदेखि फिल्मबाट राजनीतिमा आउने प्रयासलाई जनमतले अनुमोदन गर्ने या नगर्ने भन्ने टुङ्ग्याउने छ। स्रोतः हिन्दुस्तान टाइम्स, अलजजिरा

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ८ : १६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य