आज विश्व दुध दिवस मनाइँदै « Khabarhub

आज विश्व दुध दिवस मनाइँदै


१९ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको नारा ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने रहेको छ ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो । नेपालमा भने सन् २०११ देखि दिवस मनाउन सुरु गरिएको हो ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवम् जीविकोपार्जनमा पुर्‍याउने योगदानलाई ध्यानमा राखेर दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला निकाय नेपाल डेरी एसोसिएशन, केन्दीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभागलगायतले कार्यक्रम गर्दैछन् ।

सरकारी तथ्यांकअनुसार देशभर दैनिक झण्डै ७० लाख लिटर दुध उत्पादन हुने गरेको छ ।

 

 

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ९ : ५८ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६