सगरमाथा दिवस : बङ्गलादेशमा तस्बिर प्रदर्शनी « Khabarhub

सगरमाथा दिवस : बङ्गलादेशमा तस्बिर प्रदर्शनी


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा दिवसका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।

ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिज : कनेक्टिङ पिक्स एण्ड पिपल’ शीर्षकमा तीनदिने प्रदर्शनी आयोजना गरेको हो ।

बङ्गलादेशका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री साबेरहुसेन चौधरी, परराष्ट्र मन्त्रालयका सचिव मसुद बिन मोमेन र बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले प्रदर्शनीको संयुक्त रूपमा शुक्रबार उद्घाटन गरे । प्रदर्शनी बङ्गलादेश शिल्पकला एकेडेमीमा जारी छ ।

प्रदर्शनी उद्घाटन समारोहका प्रमुख अतिथि चौधरीले नेपाल बङ्गलादेशीहरूलाई मनपर्ने गन्तव्य मध्येको एक भएको र सगरमाथालगायत हिमालप्रति उनीहरूको विशेष आकर्षण रहेको बताए ।

जलवायु सङ्कटको अग्रपङ्क्तिमा हिमाल रहेका बताउँदै उनले विश्वव्यापी जलवायु वार्तामा हिमालका समस्या सम्बोधन गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिएको उक्त दूतावासले जनाएको छ ।

विशेष अतिथि परराष्ट्र सचिव मोमेनले नेपाल र बङ्गलादेशबीच विद्यमान सुदृढ सांस्कृतिक एवं जनस्तरको सम्बन्धबारे चर्चा गर्दै पर्वतारोहण र पदयात्रा दुवै देशका जनताको साझा साहसिक मनोभाव भएको बताए । उनले प्रगाढ पारस्परिक सम्बन्धको प्रशंसा पनि गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले सगरमाथा दिवस पृथ्वीको सर्वोच्च शिखरको पहिलो ऐतिहासिक आरोहणको सम्झना मात्र नभएर पर्वत र पर्वतीय पर्यावरणको महत्व झल्काउने अवसर पनि भएको बताए ।

राजदूत भण्डारीले जलवायु परिवर्तनको प्रकोपबाट समग्र हिमाली क्षेत्रको संरक्षणमा जोड दिँदै उनले प्रदर्शनी नेपाली र बङ्गलादेशी पर्वतारोही, पदयात्रा र फोटोग्राफरले खिचेका तस्बिरमार्फत नेपालका हिमाल र प्राकृतिक दृश्यलाई बङ्गलादेशी नागरिकसमक्ष प्रस्तुत गर्ने प्रयास भएको बताए ।

शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमदले तस्बिर प्रदर्शनीआयोजना गरेर सगरमाथा दिवस मनाउन दूतावासबाट भएको प्रयासको प्रशंसा गरे ।

प्रदर्शनीका सहजकर्ता इनाम उल–हकले बङ्गलादेशमा पर्वतारोहण र साहसिक पर्यटनका उदीयमान प्रवृत्तिबारे जानकारी दिए । उनले प्रदर्शनीमा समावेश प्रत्येक तस्बिरले साहस, दृढ सङ्कल्प र लचिलोपनका बेग्लै कथा बताउने उल्लेख गरे ।

त्यस अवसरमा गत मे १९ मा सगरमाथा आरोहण गरेका बङ्गलादेशी नागरिक मोहदबाबर अली र सन् २०१३ मा सगरमाथाको चुचुरो चुमेका स्वर्गीय खालिद हुसेनकी पत्नी श्रीमती तहमिना शैलीलाई पनि सम्मान गरिएको थियो ।

उद्घाटन समारोहमा बङ्गलादेश सरकारका कर्मचारी, ढाकास्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विद्वत्वर्ग, पर्वतारोही, पदयात्री, फोटोग्राफर, सञ्चारकर्मीहरूका साथै बङ्गलादेशी समाजका सबै क्षेत्रका प्रतिष्थित व्यक्तिसहित तीनसय भन्दा बढी अतिथिको उपस्थिति थियो ।

बङ्गलादेश शिल्पकला एकेडेमी र बङ्गला पर्वतीय पदयात्रा क्लबको सहयोगमा आयोजित प्रदर्शनीमा बङ्गलादेशी तथा नेपाली पर्वतारोही, पदयात्रा तथा फोटोग्राफरका एक सय २० तस्बिर समावेश छन् । प्रदर्शनी आइतबारसम्म जारी रहनेछ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ११ : ५८ बजे

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे