नयाँ बसपार्कमा एकदिने आँखा शिविर सञ्चालन « Khabarhub

नयाँ बसपार्कमा एकदिने आँखा शिविर सञ्चालन


१९ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोंगवु नयाँ बसपार्कमा एकदिने ‘निःशुल्क आँखा शिविर’ सञ्चालन गरिएको छ । 

काठमाडौँ महानगरपालिका र समाज उत्थान महिला मञ्चले आज आयोजना गरेको उक्त शिविरमा अहिलेसम्म तीन सय ५१ जनाले सेवा लिएका छन् ।

शिविरको उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले स्वास्थ्य नै धन भएकाले स्वस्थ भएर राज्य निर्माणमा योगदान गर्नुपर्ने धारणा राखे । उनले आफूलाई स्वस्थ राख्न हरेक व्यक्तिले बेलाबेलामा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको उल्लेख गरे ।

काठमाडौँ-२६ का वडा सदस्य प्रवेश श्रेष्ठले आम वडावासीलाई स्वस्थ राख्न यस्ता किसिमका स्वास्थ्य शिविरले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि वडाभित्र विभिन्न विधाका स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न समाज उत्थान महिला मञ्चले खेलेको भूमिका सराहनीय रहेको बताए। उनले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको भन्दै यसको वरपरको क्षेत्रलाई पनि सोहीअनुसार स्वच्छ बनाउनु सबैको कर्तव्य भएको उल्लेख गरे । वातावरण स्वच्छ भए नागरिक स्वस्थ हुने उनको भनाइ छ ।

मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले नयाँ बसपार्क क्षेत्रको विकृति अन्त्यका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। विसं २०७१ मा स्थापना भएको उक्त मञ्चले गोँगबु क्षेत्रमा विभिन्न सामाजिक काम सञ्चालन गर्दै आइरहेको उपाध्यक्ष तारा नेपालले जानकारी दिए। उनका अनुसार शिविर आज दिनभरि सञ्चालन हुनेछ ।

शिविरमा सहभागी वक्ताले स्वस्थ नागरिकले मात्र मुलुकको विकासमा योगदान दिनसक्ने बताएका छन् । सहभागी मानिस स्वस्थ रहेमात्र देशको विकासमा योगदान दिनसक्ने भन्दै स्वस्थ जीवनयापनमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १ : २५ बजे

एनपीएल इलिमिनेटर : चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटर खेलमा

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै

चितवनका कामिल मिशाराले काठमाण्डुविरुद्ध बनाए शतक

काठमाडौँ – विष्फोटक ब्याटिङ गर्दै चितवन राइनोजका ओपनर कामिल मिशाराले

तीन महाशक्ति राष्ट्र प्रमुख सी, ट्रम्प र पुटिन एउटै मञ्चमा

सेन्जेन – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम

काठमाडौँ– सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको