जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव « Khabarhub

जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १० करोडको लागतमा निर्माण भइरहेको जमुनी सिँचाइ आयोजनाअन्तर्गत मोरहा पक्की बाँधको निरीक्षण गरेका छन् ।

प्रदेश सरकारको लगानीमा समपूरक अनुदानअन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधीन उक्त आयोजनाको सतर्कता केन्द्रको टोलीसहित मुख्यमन्त्री यादवले आज निरीक्षण गरेका हुन् ।

करिब २२ करोड ५३ लाख २३ हजारको कूल लागतमध्ये १० करोड ७४ लाख ५४ हजार आठ सय ६६ मा ठेक्का साकार भई निर्माणाधीन उक्त पक्की बाँधको काम समयमा पूरा नहुने देखेपछि मुख्यमन्त्री यादवले सो निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा मुख्यमन्त्री यादवले बाँध निर्माणको कार्यलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । एक हजार एक सय ६८ हेक्टर भूमि सिञ्चित हुने उक्त बाँधबाट १० गाउँका करिब एक हजार छ सय ५० परिवार लाभान्वित हुनेछन् । 

अनुगमनमा सङ्घीय सांसद रामकृष्ण यादव, अनिता साह, प्रदेश सांसद रामआशिष यादव, सतर्कता केन्द्रका सचिव रामआधार साहसहित लगायत सम्बन्धित मन्त्रालय एवं कार्यालयका प्रतिनिधिहरूको सहभागिता थियो ।

बाँधको निरीक्षणपछि मुख्यमन्त्री यादवले कृषिको विकासबिना मधेसको विकास सम्भव नहुने भएकाले मधेस सरकार कृषिसम्बन्धी आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  १ : ४० बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल