संगठन कमजोर बनाएर पार्टी मजबुत हुन सक्दैन : एनपी साउद « Khabarhub

संगठन कमजोर बनाएर पार्टी मजबुत हुन सक्दैन : एनपी साउद


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन नसक्ने बताएका छन् । 

कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले संगठनलाई एकढिक्का बनाएर मात्रै पार्टी मजबुत हुने बताएका हुन्।    

‘अर्कालाई गाली गरेर, अर्का माथि आक्रमण गरेर, आफ्नो संगठन कमजोर बनाएर, संगठनमा विभाजन ल्याएर पार्टी मजबुत हुन सक्दैन,’ साउदले भने । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले अन्य पार्टीहरूलाई समेट्दै आफ्नो जनाधार बलियो बनाएर मात्रै ठूलो पार्टी बन्न सकिने बताए ।

‘बहुमत प्राप्त पार्टी बन्ने भन्ने कुरा एक्लिएर बन्न सकिदैन,’ उनले भने,’पार्टीहरुलाई समेटेर आफ्नो जनाधारलाई मजबुत गरेर मात्रै सबैभन्दा ठूलो पार्टी बन्न सकिन्छ ।’ नेपालको संवैधानिक संरचनाले कुनै पनि एक दललाई बहुमत ल्याउने सुविधा नदिएको साउदले बताए ।

‘कुनै विशेष परिस्थितिभन्दा बाहेक एउटै पार्टीले बहुमत ल्याउने सुविधा संविधानको संरचनाले दिएको छैन,’ उनले भने, ‘त्यो सुविधा नदिने भएकाले भोलिको दिनमा हाम्रो संसद्‌मा हंक पार्लियामेन्ट (त्रिशंकु सदन), एकै दलको बहुमत नभएको संसद गठन हुने व्यापक सम्भावना रहन्छ ।’

संविधानले नै फरक–फरक विचार भएका दलहरु एकै ठाउँमा सँगसँगै काम गर्ने कुराको परिकल्पना गरेको नेता साउदको भनाइ छ । ‘हाम्रो संविधानले नै सहकार्यको संस्कृति, गठबन्धनको संस्कृति, फरक–फरक विचार, चेतना र सोच भएका दलहरू पनि एकै ठाउँमा सँगसँगै काम गर्ने कुराको परिकल्पना गरेको छ,’ उनले भने ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  १ : ४४ बजे

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग

समानुपातिकको छिद्रमा नेताको परेड, पुरानै पथमा रवि, बालेन र कुलमान

काठमाडौं – वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

कर्णाली– लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर– महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि