कांग्रेस जनसवाल र जनताको केन्द्रबिन्दु बन्नुपर्छ : डिला संग्रौला « Khabarhub

कांग्रेस जनसवाल र जनताको केन्द्रबिन्दु बन्नुपर्छ : डिला संग्रौला


१९ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी सत्ता भए पनि नभए पनि जनसवाल र जनताको केन्द्रबिन्दु बन्नु पर्नेमा जोड दिएकी छन् । 

कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस जहाँ भए पनि जनसवाल र जनताको केन्द्रबिन्दु बन्नुपर्नेमा जोड दिएकी हुन् ।  

‘कांग्रेस कहिले एक कदम अगाडि होला, कहिले एक कदम पछाडि होला । कांग्रेस कहिले सत्तामा होला, कहिले सडकमा होला, कांग्रेस कहिले भावनामा होला,’ संग्रौलाले भनिन्, ‘जहाँ भए पनि कांग्रेस जनसवाल र जनताको केन्द्रबिन्दु बन्नै पर्छ ।’ 

कांग्रेस जनताको केन्द्रबिन्दु बन्न नसके विभिन्न वर्गको आशाको केन्द्र बन्न नसक्ने पनि बताइन् । 

‘जनताको केन्द्रबिन्दु बन्न सकेन भने २१ औँ शताब्दीको आधुनिक कांग्रेस महिला, दलित, आदिवासी–जनजातिलगायतका सबै वर्गको आशाको केन्द्र बन्न सक्दैन,’ उनले भनिन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  २ : ०६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको