काठमाडौँ महानगरले करारमा २४१ जना नगर प्रहरी भर्ना गर्दै « Khabarhub

काठमाडौँ महानगरले करारमा २४१ जना नगर प्रहरी भर्ना गर्दै


१९ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकामा करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि आवेदन मागेको छ । 

महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो । 

महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जवान भर्ना सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारले ७  दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्न आव्हान गरेको छ ।

वैकल्पिक सूची काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np को डाउनलोड अन्तर्गतको प्रकाशनमा वैकल्पिक सूची शीर्षकमा रहेको व्यहोरा समेत जानकारी गराएको छ ।

दरखास्त दिँदा वैकल्पिक दर्ता नं. खुलेको ढाँचा बमोजिमको निवेदन र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि समावेश गर्नपर्ने सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ३ : ५७ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले