तनहुँको झाँगाझोली आन्तरिक पर्यटकको रोजाइमा « Khabarhub

तनहुँको झाँगाझोली आन्तरिक पर्यटकको रोजाइमा


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ झाँगाझोलीमा निर्माण गरिएको ‘गौरादेवी प्राकृतिक जडिबुटी उद्यान’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । 

नेपालमा पाइने अधिकांश जडीबुटीका बिरुवा रोपेर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउन लागेपछि अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका हुन् ।

उद्यानमा बिदाका दिनमा पाँच सय बढी र अन्य दिनमा दुई सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्ज्वल पौडेलले जानकारी  दिए ।

‘करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी प्रजातिका जडीबुटीका बिरुवा रोपिएको छ”, उनले भने, ‘आगन्तुकलाई जडीबुटी, वनस्पतिलगायत बिरुवाको बारेमा जानकारी दिन नेमप्लेट (नामसहितको विवरण) टाँस गरी राखेका छौँ ।’

उक्त स्थानलाई ‘शैक्षिक हब’कारुपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित जडिबुटी र वनस्पति रोप्ने अभियानअघि बढाइएको सञ्चालक पौडेलले बताए। उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोडसल्लालगायत औषधिजन्य जडीबुटी लगाइएको उनले जानकारी दिए।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाममा उक्त उद्यान स्थापना गरिएको हो ।  एक करोड ५० लाखको लागतमा स्थापना गरिएको जडीबुटी उद्यानसहितका विभिन्न भौतिक संरचनाले यहाँ घुम्न आउने पर्यटकलाई आकर्षित गर्ने गरेको पौडेलको भनाइ छ ।

उद्यानमा जडीबुटीका साथै हात्ती, गैँडा, बाघ, घोडालगायत विभिन्न जातका पन्छी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको उद्यानका सञ्चालक शङ्करप्रसाद अधिकारीले बताए। उनले भने, “खोलाको वरपर रहेको जङ्ङगलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने जोकोही पर्यटक खुसी भएर फर्किने गरेका छन् ।” 

अधिकारीका अनुसार ५० भन्दाबढी प्रजातिका फलफूलका बिरुवा लगाएर नामसहितको सुन्दर बगैंचा स्थापना गरिएको छ । ‘विभिन्न जातका जडीबुटीका बिरुवा हेर्न आउनेलाई उक्त बिरुवाको महत्वका बारेमा जानकारी गराउने गरेका छौँ’, उनले भने।

पछिल्लो समय झाँगाझोलीमा पर्यटकको आवागमन बढेसँगै यस क्षेत्रको प्रचारप्रसार हुन थालेको सञ्चालक अधिकारीले बताए । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित गराउने लक्ष्यसहित अभियान थालिएको भन्दै यहाँको पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको जीवनस्तर सुधार हुँदै जाने उनको भनाइ छ ।

रूद्र कुण्ड, रूद्र घण्ट मठमन्दिर रहेको ‘गौरादेवी नेचुरल हर्वल पार्क’ बाट पर्यटकले मनोरम दृश्यसहित मनोरञ्जन लिन सक्नेछन् । “पारिवारिक वातावरणमा अर्गानिक खाना र आरामदायी बसाइका लागि उत्कृष्ट गन्तव्यको रुपमा झाँगाझोलीलाई विकास गर्दै लगेका छौँ”, सञ्चालक अधिकारीले भने । 

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित झाँगाझोली र सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको झाँगाझोली पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेका छन् । दुवै जिल्लाका झाँगाझोली धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित छन् । यस क्षेत्रको प्रचारप्रसार र संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ४ : ४० बजे

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज

निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक