रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण « Khabarhub

रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण


१९ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा कीर्तिपुरको पहिलो लडाइँमा विसं १८१४ जेठ १९ गते पाण्डेले वीरगति प्राप्त गरेका थिए ।

उनको समाधि स्थल चन्द्रागिरि नगरपालिका–.१ दहचोकमा रक्षामन्त्रीको प्रमुख आतिथ्यमा आज स्मृति दिवस मनाइएको हो । सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्ण गोपाल श्रेष्ठ, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, स्थानीय जनप्रतिनिधिलगायत काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका पदाधिकारी तथा स्थानीय सहभागिता रहेको थियो ।

सरकारले काजी पाँडेको समाधीस्थल दहचोकमा विसं २०७५ मा पूर्ण कदको सालिक निर्माण गरेको थियो । अघिल्लो वर्ष पाँडे स्मृति दिवसका अवसरमा सेनाले सोही स्थानमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको प्रधान सेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ६ : ५९ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित