एमाले कुनै मोर्चाको पक्षमा छैन : ईश्वर पोखरेल « Khabarhub

एमाले कुनै मोर्चाको पक्षमा छैन : ईश्वर पोखरेल


१९ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन–८४ अन्तर्गत बहुमत ल्याउने गरी एकताबद्ध भएर लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने भन्दै सोही उद्देश्यका साथ अघि बढ्न निर्देशन दिए । उनले भने, ‘राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका लागि सबै राजनैतिक पार्टी एक ठाउँमा उभिनुको विकल्प छैन ।’

देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखि नै सुदृढ बनाउनुपर्नेमा जोड दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले समाजवादी मोर्चा, वामपन्थी एकताका भन्दा पनि कामपन्थी एकताको खाँचो औल्याए ।

पार्टी स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले आगामी निर्वाचनमा तीनवटै तहमा एमालेले बहुमत ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

आगामी निर्वाचनमा पोखरा महानगरपालिकाका ३३ वटै वडामा जित सुनिश्चित हुने गरी अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले विगतलाई बिर्सेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

एमाले पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दिलीप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य तथा पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, महानगर उपाध्यक्ष मोहन गुरुङ र सचिव जीवन आचार्यले धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १० : ५६ बजे

अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई

‘दिमागी नक्सल’ विवाद : विद्यार्थीको समर्थनमा उत्रिए नसीरुद्दीन शाह

काठमाडाैँ – भारतीय अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण