‘शेर्पाको साहसले सगरमाथा विश्वमा चिनियो’ « Khabarhub

‘शेर्पाको साहसले सगरमाथा विश्वमा चिनियो’


१६ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताएका छन्‌ ।

मन्त्री पाण्डे ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान कार्यक्रम’मा बोल्दै थिए ।

शेर्पाहरूले हिमालमा डोरी टाँग्नेदेखि आरोहीलाई शिखरमा पुर्‍याउने सम्मका काम गर्दा नै नेपालमा पर्वतारोहण सहज र सफल भएको मन्त्री पाण्डेले उल्लेख गरे ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म छन्‌ ।

कुङ्गा शेर्पा सो पालिकाका सद्भावना दूत नियुक्त भएका छन्‌ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ५ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको